लागुऔषध कोरेक्स सहित एक पक्राउ

महोत्तरी। महोत्तरीको सम्सीबाट लागुऔषध सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ सम्सी गाउँपालिका–६ स्थित भारतबाट कार्टुन भित्र लागुऔषध राखि आउँदै गर्दा शंकालागेर चेकजाँचको क्रममा १७ थान कोरेक्स् सशस्त्र प्रहरी र नेपाल प्रहरीका संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको बर्दिवास नगरपालिका–२ मुस्लिम टोल बस्ने जगदेव मण्डलको २२ वर्षिय छोरा विरेन्द्र मण्डल रहेको सशस्त्र प्रहरी विओपी सम्सीका प्रहरी निरीक्षक नवराज पुडासैनीले बताउनुभयो।पक्राउ परेका मण्डललाई आवश्यक कार्यवाहीको लागी जिल्ला प्रहरी कार्यालय जलेश्वर पठाईएको सशस्त्र प्रहरी निरीक्षक पुडासैनीले बताउनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्