तपाईँ सुन्दै हुनुहुन्छः

दुई विधेयक दफाबार छलफल समितिमा


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले दुई वटा विधेयक दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नु भएको ‘कारागार विधेयक, २०७६’ र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले प्रस्तुत गर्नुभएको ‘पशु स्वास्थ्य तथा पुश सेवा परिषद् विधेयक, २०७६’ लाई दफाबार छलफलका लागि सम्बन्धि समितिमा पठाएको हो ।
बैठकले अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको ‘धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७६’ सर्वसम्मतिले स्वीकृत गरेको छ ।
यस्तै, प्रतिनिधिसभाको बैठकले अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पालेर्मो अभिसन्धिलाई अनुमोदन गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले प्रस्ताव गर्नु भएको उक्त पालेर्मो अभिसन्धिलाई बैकको सर्वसम्मतिले अनुमोदन गरेको हो ।
प्रतिनिधि सभाको अर्को बैठक चैत ७ गते दिउसो १ वजे बस्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button