कटुवा पेस्तोल र गोलीसहित एक पक्राउ
रासस । प्रहरीको टोलीले आज साँझ सिरहा नगरपालिका–२१ लकडिगोठबाट हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।
प्रहरीचौकी लकडिगोठबाट खटिएको गस्ती टोलीले कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित सिरहा नगरपालिका– २१ मल्हनियाँ निवासी २२ वर्षीय प्रदीपकुमार साहलाई पक्राउ गरेको हो ।
बाटोमा शङ्कास्पद रुपमा हिँडिरहेका अवस्थामा जाँच गर्दा साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान अघि बढाइएको प्रवक्ता प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्