तपाईँ सुन्दै हुनुहुन्छः

नकारात्मक सर्किट लगाएर कारोबार बन्द

काठमाडौं । धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कको घटेपछि नेपाल स्टक एक्सचेञ्जले नकारात्मक सर्किट लगाएर कारोबार नै बन्द भएको छ ।

गत बिहीबारपछि मंगलबार खुलेको बजारमा कारोबारको शुरुवातीदेखि नै परिसुचकले ओरालोको यात्रा तय गरेको थियो । स्टकले कारोबार मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको छ ।

नेप्सेका अनुसार नेप्से ६.०२ प्रतिशत बढीले ओरालो लाग्दा नकारात्मक सर्किट लगाइएको हो । पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतले बजार घटेपछि सर्किट लागेको थियो ।

त्यसपछि १२ बजेर ३१ मिनेटमा पनि ४ प्रतिशतले नै नेप्से ओरालो लागेपछि ४० मिनेटको लागि कारोबार स्थगित गरिएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द नै गरिएको हो ।

मंगलबार नेप्से ८६.३९ विन्दुले घटेर एक हजार ३४९.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १७.३५ ले घटेर २९०.३६ मा पुगेको छ । सर्किट लाग्नुअघि कूल १६१ कम्पनीको २७ लाख ३५ हजार ४१८ कित्ता शेयर एक अर्ब सात करोड ६६ लाख ९६ हजार ३०० बराबरको कारोबार भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button