सभामुुख र भारतीय राजदुत क्वात्राबीच भेट
काठमाण्डौ । सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले मंगलबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले भारत नेपालको असल छिमेकी भएको चर्चा गर्दै दुुई देशबीच जनस्तरसम्म नै बलियो सम्बन्ध रहेको बताउनुभयो ।
सभामुख सापकोटाले सरकार, संसद र जनस्तरसम्म रहँदै आएको सम्बधलाई पछिल्लो समयमा दुईदेशबीच भएका दूरगामी महत्वका सम्झौताहरुले थप बल पु¥याएको बताउनुभयो ।
भेटमा भारतीय राजदुत विनय मोहन क्वात्राले नेपाल र भारत दुवै देशको शान्ति, विकास र समृद्धिका लागि सहयोग आदान प्रदान हँुदै आएको बताउँदै आइपर्ने समस्याहरु छलफलका माध्यमबाट समाधान गर्ने विश्वासको परम्परा रहेको बताउनुभयो ।
राजदुत क्वात्राले दुुई देशबीच व्यापक र गहिरो सम्बन्ध रहेको चर्चा गर्दै यो सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास समेत व्यक्त गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्