तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

काठमाडौं – प्रधानमन्त्री के पी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको र  नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको अस्पतालले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले आज एक विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्रीलाई नियमित खानपान, हिँडडुल र व्यायामलाई निरन्तरता दिइएको जनाएको हो ।

प्रधानमन्त्री ओलीले छ  दिन अगाडि मृगौला प्रत्यारोपण गराई अस्पतालमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।

यसैगरी, अस्पतालले प्रधानमन्त्री ओलीकी भान्जी एवं मृगौला दाता  समीक्षा संग्रौलाको स्वास्थ्य स्थितिमा पनि राम्रो सुधार भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button