तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा यो बर्ष होली पर्वको रौनक देखिएन्

बैतडी । बैतडीमा यो बर्ष होली पर्वको खासै रौनक देखिएको छैन् । कोरोना भाईरसको जोखिमका कारण स्थानीय प्रशासन र स्थानीय तहहरुले भेला भएर होली नखेल्न आग्रह गरेपछि होली पर्वको रौनक घटेको हो ।

बिभिन्न बिद्यालय, क्लब, समूहले गत बर्षहरुमा होली खेल्ने गरेको भएपनि यो बर्ष होली खेलिएको छैन् ।

स्थानीय प्रशासन र स्थानीय सरकारको आग्रह अनुसार यो बर्ष जम्मा भएर होली नखेलेको दशरथचन्द नगरपालिका–१का प्रकाश भट्टले बताउनुभयो ।

जिल्लाका केही केही स्थानमा होली खेलिएको भएपनि अधिकाँश ठाउँमा होली खेलिएको छैन् । होली खेल्दा एक–आपसमा रंग दल्ने, एकैठाउँमा धेरै मानिसको भीडभाड हुने र यसले कोरोनाको जोखिम बढ्ने भएकाले होली खेल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।

कोरोनाको विश्वव्यापी जोखिम बढीरहेकाले पूर्व तयारी स्वरुप धेरै भीडभाड हुने खालका कार्यक्रम नगर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।

सामूहिक रुपमा होली खेल्न नपाएपछि स्थानीयहरुले एक–आपसमा होलीको शुभकामना साटेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button