तपाईँ सुन्दै हुनुहुन्छः

निर्माणमा ढिलाई हुँदा जलविद्युत आयोजनाका काम प्रभावित

पर्वत । कालीगण्डकी करिडोर प्रसारण लाईन निर्माणमा ढिलाई हुँदा म्याग्दी र पर्वतमा निर्माणाधिन जलविद्युत आयोजनाका काम प्रभावित भएको छ ।

म्याग्दी, पर्वत र बागलुङ जिल्लामा रहेका जलविद्युत आयोजनाको विद्युत उत्पादन राष्ट्रिय प्रसारणमा जोड्ने कालीगण्डकी करिडोर प्रसारण लाईनको निर्माण कार्य ढिलो हुँदा जलविद्युत आयोजना निर्माणको काम स्थगित हुन पुगेको हो । प्रसारण लाईनको सवस्टेशन र लाईन विस्तारको काम ढिलो भैरहेको छ ।

म्याग्दीको ४२ मेगावटको मिस्त्रीखोला जलविद्युत आयोजना अन्तिम चरणमा छ । ५ मेगावट क्षमताको घलेम्दीखोलाको उत्पादन पनि राष्ट्रिय प्रसारणमा जोड्न सकिएको छैन । गत असारमै घलेम्दीको परिक्षण भएको थियो । १४ मेगावटको घारखोला जलविद्युत आयोजना, १०० मेगावटको निलगिरी र निलगिरी क्यास्केट निर्माणाधिन छन् । ४० मेगावटको राहुघाट जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम भैरहेको छ ।

अन्नपूर्ण गाउँपालिकामा १६४ मेगावटको कालीगण्डकी गर्ज लगायत ४ वटा आयोजना निर्माणको प्रत्रmियामा छन् । पर्वतमा तल्लोमोदीको निर्माण कार्य सकिएपनि प्रसारण लाईन नहुँदा होल्ड भैरहेको छ । मध्यमोदी जलविद्युत आयोजनाको निर्माण कार्य ८० प्रतिशत सकिएको छ ।

सन् २०१६ मे मा काम शुरु गरि २०१८ नोभेम्वरमा काम सक्नुपर्नेमा आयोजनाको काम म्याद थप्दै डेढ वर्ष धकेलिएको छ । एकमहिना भित्र प्रसारण लाईनको परिक्षण गर्ने तयारीमा रहेको प्रसारण लाईन निर्माण आयोजनाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button