तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु, तीन जना घाइते 

कञ्चनपुर । कञ्चनपुरकाे पुनर्वासमा माेटरसाइकल दुर्घटना हुँदा एकजनाकाे मृत्यु भएकाे छ भने तीनजना घाइते भएका छन् ।
पुनर्वास नगरपालिका वडा नम्बर ८ क गाउँमा आइतबार से ४ प ६९६६ नम्बरकाे माेटरसाइकल र म २ प ५२२ नम्बरकाे माेटरसाइकल एकापसमा ठाेक्किदा १६ वर्षीय दिनदयाल रानाको मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
दुर्घटनामा परी पुनर्वासको बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार, च गाउँका अर्जुन राना र कैलालीको गाेदावरीका अनिल लामिछाने घाइते भएका छन् ।
घाइते सुनारको अवस्था गम्भीर रहेकाे इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहले बताउनुयाे ।
प्रहरीका अनुसार घाइते तीनै जनाकाे कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताल  उपचार भइरहेकाे छ ।
यसअघि, कञ्चनपुरको पुनर्वास र बेलौरीमा शनिबार भएका छुट्टाछुट्टै सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको थियो ।
पुनर्वासमा अटोरिक्सा दुर्घटना हुँदा अटो चालक ३५ वर्षीय युवक अर्जुन धामीको उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।
त्यस्तै, टिप्परको ठक्करबाट बेलौरीको रिछाहाका ९ वर्षीय बालक आकाश रानाको पनि उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको थियो ।
सोही घटनालाई लिएर मृतकका आफन्त तथा स्थानीय व्यक्तिहरुले टिप्परमा आगजनी गरेका छन् भने बेलौरी बजार बन्द गराएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button