तपाईँ सुन्दै हुनुहुन्छः

औषधी अभाव हुन नदिने उत्पादक संघको भनाई

काठमाडौं । नेपाल औषधी उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलन गरेर भारत र चीनको विकल्पमा अरु मुलुकबाट आयात गरेर औषधी अभाव हुन नदिने बताएको छ ।

पत्रकार सम्मेलनमा औषधी उत्पादकहरुले तीन महिनाका लागि औषधी उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ र प्याकेजिङका सामाग्री मौज्दात रहेको जिकिर गरेका छन । मुलुकभित्र ६२ वटा औषधी उद्योग छन् ।

भारतले २६ वटा औषधी निकासीमा रोक लगाएपछि उपभोक्तामा फैलिएको त्रासलाई मथ्थर गर्न संघले पत्रकार सम्मेलन गरेर यो जानकारी दिएको हो । संघले सर्वसुलभ रुपमा औषधी बिक्री वितरणका लागि समेत व्यवसायीलाई आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button