होलीमा भिडभाड नगर्न प्रशासनको आग्रह

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले फागुन पूर्णिमा (होली पर्वमा) भिडभाड नगर्न आग्रह गरेको छ ।
प्रशासनले शुक्रबार सार्वजनिक सुचना जारी गर्दै विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सम्भावित संक्रमणको रोकथाम, नियन्त्रण तथा सजगता अपनाउन जिल्लास्थित सबै सरकारी तथा गैर सरकारी कार्यालयहरुलाई जनचेतना मूलक कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले सुचना जारी गर्दै कोरोनाबाट बच्नका लागि भिडभाडमा सामिल नहुन र वातावारण तथा जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने रङ्गिन बस्तुहरु, केमिकल, प्लाष्टिक जन्य लोला हान्ने, फोहोर छ्याप्ने, पानी छ्याप्ने जस्ता उछ्रङखल एवं गैर कानुनी क्रियाकलाप नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।
कोरोना भाइरसको संभावित जोखिमको बहानामा कालो बजारी वा कृत्रिम अभाव खडा गरी सर्वसाधारण जनताको दैनिक जीवन यापनमा बाधा पर्ने गरी कुनै कार्य भएको पाईएमा कानुन बमोजिम कारवाही गरिने समेत सुचनामा उल्लेख गरीएको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिममा राखेको स्मरण गराउँदै प्रशासनले धेरै भीडभाड हुने ठाउँमा नजानसमेत आग्रह गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्