बिभुषण सम्वन्धी विधेयक
काठमाडौँ । सरकारले प्रदान गर्ने मानपदवी, बिभुषण तथा पदक सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकिकरण गर्ने सम्बन्धी तयार विधेयकको प्रारम्भिक मस्यौदा माथी छलफल भएको छ ।
नेपाल कानुन आयोगले तयार पारेको मस्यौदा माथी आज लतिपुरमा भएको छलफलमा गृहमन्त्री रामवाहादुर थापाले सरकारद्वारा वितरण गरिने मानपदवी तथा पदक वितरणमा विगतमा देखिएको कमी कमजोरीलाई नयाँ विधेयकले अन्त्य गर्ने बताउनुभयो । सरकारले दिने उपादी तथा पदक सस्तो नहोस् भन्ने तर्फ ध्यान दिन जरुरी रहेकोमा गृहमन्त्री थापाले जोड दिनुभयो ।
छलफलमा बिभिन्न निकाय तथा क्षेत्रका व्यक्तिहरुले बिभुषण तथा पदकको आधार र मापदण्ड पारदर्शी बनाउनु पर्ने लगायतका विषय राख्नु भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्