तपाईँ सुन्दै हुनुहुन्छः

कोरोनाबाट अमेरिकामा थप ४ जनाको मृत्युसँगै मृतकको संख्या ६ पुग्‍यो

एजेन्सी ।अमेरिकाको वासिङ्टन राज्यमा कोरोनाभाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। योसँगै अमेरिकाका कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

वासिङ्टन राज्यले आफ्नो क्षेत्रमा १८ जनामा कोरोनाभाइरसको संक्रमण भेटिएको पुष्टि गरेको छ। अमेरिकामा हालसम्म पाँच राज्यमा कोरोनाभाइरसका संक्रमितहरू भेटिएका छन्।

संक्रमितहरू वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यू योर्क, फ्लोरिडा र ओरेगन राज्यमा भेटिएका हुन्। देशभरमा करिब ९१ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button