तपाईँ सुन्दै हुनुहुन्छः

गणपुरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक आज पनिस्थगित

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘संघ, प्रदेश र स्थानीय तह (अन्तर सम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’लाई सर्वसम्मतीले स्वीकृत गरेको छ ।

यही फागुन १५ गतेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गर्नु भएको उक्त विधेयक माथि विचार गरियोस् प्रस्ताव बैठकमा गणपूरक संख्या नपुगेकाले स्वीकृत हुन पाएको थिएन ।

यसैगरी, आजको बैठकमा पनि गणपूरक संख्या नपुगे पछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

बैठकमा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाली कांग्रेसका सांसद प्रकाश रसाइँली स्नेहीले गणपूरक संख्या नपुगेको भन्दै नियमापत्ति गर्नु भएको थियो ।

नियमापत्तिपछि तीन मिनेट जनाउ घण्टी बजाएर उपस्थित सांसदहरुको संख्या एकिन गर्दा कम्तिमा पनि ६९ जना हुनुपर्नेमा जम्मा ५४ जना सांसदहरुको मात्र उपस्थिति रहेको पाईएपछि सभामुख सापकोटाले बैठक भोलि दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गर्नु भएको हो ।

संसदमा कुनै पनि प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा कम्तिमा कूल सांसद संख्याको एक चौथाई सांसदहरुको अनिवार्य उपस्थिति हुनु पर्ने संवैधानिक व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button