तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा स्कारपियो दुर्घटना हुँदा आठ जना घाइते, एकको अवस्था गम्भिर

बैतडी । बैतडीमा आज बिहानै स्कारपियो जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ ।

दार्चुलाको महाकाली नगरपालिकाका ४८ बर्षीय विष्णुदत्त भट्ट गम्भीर घाइते भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । धनगढीवाट दार्चुला जादैं गरेको बा १३ च ३१८० नम्बरको स्कारपियो महाकाली राजमार्ग अन्र्तगत बैतडीको दोगडाकेदार ५ ढिकगाडमा बिहान साढे ५ः०० बजे दुर्घटनामा परेको हो । स्कारपियो सडकवाट १५ मिटर तल खसेको छ ।

चालक निदाएकोले दुर्घटना भएको हुनसक्ने बैतडी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button