योजनावद्ध विकासबाटै प्रदेशको समृद्धिः मुख्यमन्त्री पोखरेल
नेपालगञ्ज । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले योजनावद्ध विकासबाटै प्रदेशको समृद्धि हासिल हुने बताउनुभएको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय कृषि संकाय प्राकृतिक स्रोत व्यवस्थापन कलेजको आज उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश नम्बर ५ सरकार प्रदेश समृद्धिको आधार तय गरेर अगाडि बढेको बताउनुभयो ।
उहाँले जनता इलम र उत्पादनमा जोडिनुपर्नेमा जोड दिँदै कृषि उत्पादनलाई प्राथमिकता दिएर प्रदेश सरकारले काम गरिरहेको बताउनुभयो । खजुरामा गत फागुन ११ गतेदेखि स्नातक तह प्रथम वर्ष कृषि विज्ञानको पठनपाठन शुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्