तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुरमा नेपाल, पोल्ट्री अन्तर्राष्ट्रिय प्रर्दशनी आयोजना हुने

चितवन । चितवनको भरतपुरमा नेपाल, पोल्ट्री अन्तराष्ट्रिय प्रर्दशनी आयोजना हुने भएको छ । पोल्ट्रीक्षेत्रको लागत मूल्य घटाई सुलभदरमा मासु एवं अण्डा आपुर्ति गर्नका लागि यही फागुन १६ गतेदेखि प्रर्दशनको आयोजना गर्न लागिएको हो ।

नेपाल पोल्ट्री महासंघले सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलन महासंघका अध्यक्ष गुणचन्द्र विष्टले विगत केही वर्षदेखि अस्तव्यस्त पोल्ट्री क्षेत्रलाई व्यवस्थित र व्यवसायीकरण गर्न पोल्ट्री सम्बन्धी प्रदर्शनको आयोजना गर्न लागिएको बताउनु भयो ।

प्रदर्शनीमा प्रविधिको प्रर्दशनमात्र नभई यसपटक पोल्ट्री क्षेत्रमा भएका समस्या, रोग निराकरण बिषयक पोल्ट्री पाठशाला समेत आयोजन गरिएको अध्यक्ष विष्टले बताउनु भयो ।

सो अवसरमा महासंघका महसचिव दिनेशराज मिश्रले अघिल्ला प्रर्दशनी भन्दा अब हुने प्रर्दशनी केही परिस्कृत र परिमार्जित गरिएको बताउनु भयो ।

प्रर्दशनीमा नेदरल्याण्ड, चीन, अमेरिका, टर्की, मलेसिया, इजरायल, भारत लगायत १३ राष्ट्रका प्रर्दशकहरुका स्टल रहने छन् ।

दुईसयभन्दा बढी स्टल रहने प्रर्दशनी फागुन १८ सम्म चल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button