तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लागेर पैदययात्रीको मृत्यु

चौतारा । सिन्धुपाल्चोकमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा भोटेकोशी गाउँपालिका–४ शिरिसेको २२ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

शिरिसेस्थित चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो पावर कम्पनीले बिछ्याएको इन्टरनेटको तार फलामे पोल ढलेर विद्युत्को मुख्य प्रशारण लाइनमा लाग्दा पैदलयात्री सार्की शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

घाइते अर्का एक जनाको बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button