तपाईँ सुन्दै हुनुहुन्छः

बागमती गोल्डकपको फाइनलमा जाउलाखेल र हिमालयन शेर्पा भिड्दै

मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा जारी तेस्रो बागमती गोल्डकपको फाईनल खेल आज हुँदैछ । फाईनल खेलमा आज जाउलाखेल युवा क्लब र हिमालयन शेर्पा क्लब भिड्ने भएका हुन् ।

खेल दिउसो २ बजे सुरु हुनेछ । यसअघि हिजो भएको सेमिफाईनल खेलमा संकटा युवा क्लबलाई पराजित गर्दै जाउलाखेल युवा क्लब फाईनलमा प्रवेश गरेको हो । गोेल्डकपको विजेताले ६ लाख नगद, शिल्ड र मेडल पाउने छन् । उपविजेतले ३ लाख पुरुषकार पाउने छन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट हुने खेलाडीले ५० हजार नगद पाउने छन् । उत्कृष्ट गोलरक्षक, फरवार्ड, मिडफिल्डर, डिफेन्डर र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्ने जनाइएको छ ।

प्रत्येक खेलका म्यान अफ दी म्याच हुने खेलाडीलाई ५ हजार नगद पाउनेछन् । प्रतियोगिता बागमती खेलकुद विकास समितिको आयोजना र बागमती गाउँपालिका मकवानपुरकोे प्रायोजनमा भएको हो । पहिलो बागमती गोल्डकपको उपाधी हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकपको उपाधी सरस्वती युवा क्लबले हात पारेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button