तपाईँ सुन्दै हुनुहुन्छः

आफ्नो जन्मघरमै जन्मदिन मनाउँदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ जन्मदिन आफ्नो जन्मघर इवाको सल्लेमा मनाउन लाग्नुभएको छ ।

आज फागुन ११ गते परेको आफ्नो जन्मदिन मनाउन ओली इवाको सल्ले जानुलाग्नुभएको हो । प्रधानमन्त्री ओली ६९ वर्ष अघि तेह्रथुमको आठराई गाउँपालिका–४ सल्लेमा जन्मिनुभएको हो । प्रधानमन्त्री बनेपछि पहिलो पटक प्रधानमन्त्री आफ्नो गाउँ आउन लाग्नुभएको हो ।

तस्बिर : प्रकाश लामिछाने

ओली जन्मिएको पहाडी घर विक्रिभइसकेको थियो । तर आफ्नो थातथलो संसक्षण गर्न प्रधानमन्त्री ओलीले केही वर्ष अघि किन्नुभएको थियो । २०२४ सालमा ओलीका पिता मोहनप्रसाद साढे ११ हजार रुपैयाँमा सो घर बिक्री गरेर झापा झर्नुभएको थियो । तर प्रधानमन्त्री ओलीले सोही घर र घर रहेको ३० रोपनी जग्गा समेत साढे १० लाख रुपैयाँमा किन्नुभएको हो । बुबा मोहनप्रसादले पहाडको घर किन्ने आग्रह गरेपछि प्रधानमन्त्रीले बुवाको इच्छा पुरा गर्नुभएको हो । प्रधानमन्त्री ओलीको हालको स्थायी ठेगाना भने भक्तपुरको बालकोट हो।

तस्बिर : प्रकाश लामिछाने

१२ वर्ष अघि म्रिगौला प्रत्यारोपण गर्नुभएका प्रधानमन्त्री ओली दोस्रो पटक पनि म्रिगौला प्रत्यारोपणको तयारीमा हुनुहुन्छ ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन जन्मघरमै गएर मनाउने चाहना राखेपछि त्यसको तयारी गरिएको छ । घर नजिकै हेलिप्याड निर्माण गरिएको छ भने बाटो पनि बनाईएको छ ।

तस्बिर : प्रकाश लामिछाने

आजै प्रधानमन्त्रीले पाँचथर र तेह्रथुममा खानेपानी तथा सडक आयोजनाको शिलान्यास समेत गर्नुहुने छ । पाँचथरमा खानेपानी आयोजना र तेह्रथुममा सडक उद्घाटन सहित प्रधानमन्त्रीले आफ्नो जन्मदिन मनाउनुको साथै ओलीले आफ्नो जन्मस्थल सल्लेबाट ताप्लेजुङको ढुंगेसाँघु जोड्ने सडकको शिलान्यास गर्ने कार्यक्रम छ ।

तस्बिर : प्रकाश लामिछाने

प्रधानमन्त्री आउने र विभिन्न विकास निर्माणका कार्यक्रमको शिलान्यास गर्ने कार्यक्रम राखिएसँगै गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बूले प्रधानमन्त्री आउने र विविध विकासको समुद्घाटन गर्ने कार्यक्रम रहेकोले स्थानिय तहमा विदा दिइएको बताउनुभयो ।

 

आठराई जानुअघि प्रधानमन्त्रीले बालुवाटारमा मनाउनुभयो ६९ औं जन्मदिन

आफ्नो जन्मदिनको अवसर पारेर जन्मथलो आठराई गाउँपालिका–४ इवा जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा जन्मदिन मनाउनुभएको छ ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले आइतबार विहान बालुवाटारमा केक काटेर आफनो ६९ औं जन्मदिन मनाउनुभएको हो । छोराको जन्मदिन मनाउन प्रधानमन्त्री ओलीका बुवा मोहनप्रसाद ओली पनि बालुवाटार आउनुभएको छ ।थियो भने नेकपाका नेता तथा सरकारका मन्त्रीहरु वालुवाटार पुग्नुभएको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button