तपाईँ सुन्दै हुनुहुन्छः

खेल क्षेत्रमा उच्च लगानी रहेको छ : मुख्यमन्त्री राई

सोलुखुम्बु-प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ लाई खेलकूदको राजधानीका रूपमा विकास गर्ने गरी काम भइरहेको जानकारी दिनुभएको छ ।

तेस्रो मदन भण्डारी स्मृति कप पुरुष भलिबल प्रतियोगिताको समापन समारोहलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले खेलक्षेत्रमा रु ४२ करोड लगानी गरेको जानकारी दिनुभयो ।

सोलुखुम्बुमा निर्माणाधीन अवस्थामा रहेको कभर्डहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै मुख्यमन्त्री राईले सयाँै हल निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो ।

प्रदेश नं १ लाई समृद्ध बनाउने गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले काम गरिरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपाली को नाराले सार्थकता पाउने गरी काम भइरहेको छ । ”

प्रतिक्रिया राख्नुहोस्

Back to top button