रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश

काठमाडौं । आयोजक सताक्षीधाम स्पोर्टिङ क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लब तेस्रो सताक्षी गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा थ्री स्टार ३–१ ले विजयी भयो ।
सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ । दोस्रो सेमिफाइनल खेल लिग विजेता मच्छिन्द्र फुटबल क्लब र दोस्रो स्थानको त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्