कर्णालीलाई प्याकेजमै विकास गरिनेः अध्यक्ष दाहाल

सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णालीको विकासका विशेष प्याकेजमै गरिने बताउनु भएको छ ।
नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी भएर फर्किने क्रममा आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दे अध्यक्ष दाहालले कर्णालीका लागि विशेष प्याकेजमै आगामी नीति तथा कार्यक्रममा समावेश गरेर योजनाबद्ध विकास गरिने जानकारी दिनु भयो ।
उहाँले प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलामा प्रदेश–५, का बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने छलफल नभएको समेत स्पष्ट पार्नु भयो । प्रदेशको भू–बनोट सधैं एकै रहने ग्यारेन्टी नभएकाले जनताको चाहनाअनुसार परिवर्तन हुनसक्ने जिकिर गर्नु भयो ।
नेकपा कर्णाली प्रदेशस्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोन्धन गर्न नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेललगायत सहभागी हुनुहुनथ्यो ।








प्रतिक्रिया राख्नुहोस्