तपाईँ सुन्दै हुनुहुन्छः

पुनर्बीमा कम्पनीलाई शेयर विक्रीका लागि अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीको एक अर्ब ६० करोड बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । बोर्डले फागुन ४ गते सो कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति प्रदान गरेको हो ।

पछिल्ला दिनमा साधारण शेयर बिक्रीका लागि त्यत्ति धेरै उत्साह नभइरहेको बेला पुनर्बीमा कम्पनीको शेयर बिक्री गर्न लागिएको हो । बोर्डले अनुमति दिए लगत्तै कम्पनीले शेयर बिक्रीका लागि आश्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ ।

बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० का दरले कूल एक करोड ६० लाख कित्ता शेयर बिक्री गर्न अनुमति दिएको छ ।

कम्पनीमा नेपाल सरकारको ४४, विभिन्न बीमा कम्पनीको ३९ र सर्वसाधारणको १६ प्रतिशत स्वामित्व हुने गरी शेयर संरचना तय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button