‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र क्लबलाई
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला शनिबार लिगको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले लिगमा पहिलो पटक उपाधि जितेको हो ।
उपाधिसँगै मछिन्द्रले ५० लाख रुपैया पुरस्कार प्राप्त गरेको छ भने उपविजेता आर्मीले ३५ लाख रुपैया प्राप्त गरेको छ ।
निकै रोमाञ्चक खेलको ३३ औ मिनेटमा आर्मीका विकास तामाङले गरेको आत्मघाती गोल नै मछिन्द्रको जितका लागि निर्णायक बन्यो ।
रञ्जित धिमालको फ्रिकिकलाई हेडबाट क्लियर गर्ने क्रममा आर्मीका विकासले आफ्नै पोस्टमा गोल गरेगछि आर्मी उपाधिबाट चुक्यो ।
खेलमा मछिन्द्रका आन्द्रेस निया म्यान अफ दि म्याच भए ।








प्रतिक्रिया राख्नुहोस्