प्रतिव्यक्ति ऊर्जा खपत बढ्योः विधुत प्राधिकरण

काठमाडौं । मुलुकमा लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि प्रतिव्यक्ति ऊर्जा खपत बढेको छ ।
गत आर्थिक बर्षमा दुई सय ४५ युनिट रहेको प्रतिव्यक्ति ऊर्जा खपत चालु आर्थिक बर्षको ६ महिनामा २२ युनिटले बढेर दुई सय ६७ युनिट पुगेको हो । तीन वर्षअघि प्रतिव्यक्ति ऊर्जा खपत एक सय ५० युनिट रहेका थियो ।
लोडसेडिङ हटेर नियमित विद्युत् आपूर्ति हुन थालेपछि पछिल्ला वर्षहरुमा उद्योगको उत्पादन क्षमता पनि बढ्दै गएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले आगामी वर्षहरुमा प्रतिव्यक्ति ऊर्जा खपत दर बढाउँदै लैजाने नीति लिएको लिए अनुसार ऊर्जा खपत बढ्दो अवस्थामा रहेको छ ।
नेपाल विद्युत प्राधिकरणले विद्युत् खपत बढाउन घरघरमा विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टेसन खोल्ने कार्यक्रम अगाडि बढाएको छ ।
यसका लागि इन्डक्सन चुलो र चार्जिङ स्टेसनको लोडलाई धान्ने गरी संरचनाको सुदृढीकरण, स्तरोन्नति र विस्तारको काम भईरहेको गरिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
सरकारले २०७९ साल भित्रमा प्रत्येक घरधुरीमा विद्युत् सेवा र चार वर्षभित्रमा प्रतिव्यक्ति विद्युत खपतलाई ७०० युनिट पुयाउने लक्ष्य राखेको छ ।








प्रतिक्रिया राख्नुहोस्