प्रदेश एक्स्पो ज्ञान र सिपको केन्द्र : मन्त्री केसी
घोराही । प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले आगामी फागुन १० गतेदेखि १२ गतेसम्म दाङको बेलझुण्डीमा सञ्चालन हुने प्रदेश एक्स्पो ज्ञान प्रबाह र सिकाई केन्द्र बन्ने बताउनुभएको छ ।
प्रदेश सरकारले सञ्चालन गर्ने उक्त एक्स्पोमा सरकारले गरेका कामलाई देखाउने र अनुभव आदान प्रदान गर्ने थलो बन्ने मन्त्री केसीको भनाई छ ।
एक्स्पो प्रचारप्रसार उपसमितिले बुधबार (आज) घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री केसीले प्रदेश सरकार गठन भएको दुई बर्ष पुगेको अवसरमा भएका कामहरुलाई देखाउने मुख्य उद्देश्य रहेको जानकारी दिनुभयो । प्रदेश सरकारका साथै स्थानीय तहले गरेका कामलाई प्रर्दशनका रुपमा देखाउने गरी तयारी तिब्र पारिएको उल्लेख गर्नुभयो ।
मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले प्रदेश एक्स्पो मार्फत भएका काम देखाउने, अनुभव साट्ने र सुझाब लिने थलो बनाउन लागेको जानकारी दिनुभयो ।
यसैबीच एक्स्पोलाई सफल बनाउन दाङका सञ्चार माध्यमहरु प्रतिबद्ध रहेको पत्रकारहरुले बताएका छन् ।








प्रतिक्रिया राख्नुहोस्