तपाईँ सुन्दै हुनुहुन्छः

रोजगारीका लागि सबै सरकार मिल्नुपर्छः मुख्यमन्त्री राउत

वीरगञ्ज । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले नाराले मात्र देशमा रोजगारी सृजना नहुने भएकाले संघिय, प्रदेश र स्थानीय सरकार मिलेर रोजगारीका लागी एकिकृत रुपमा अगाडी बढ्नुपर्ने बताउनुभएको छ ।

वीरगञ्ज महानगपालिका, वीरगञ्ज उद्योग वाणीज्य संघ, रोजगार तथा तालिम प्रदायक संस्था महासंघ प्रदेश २, घरेलु तथा साना उद्योग पर्सा, श्रम तथा रोजगार कार्यालय पर्सा, होटल तथा पर्यटन व्यवसायी संघ पर्साको संयुक्त आयोजनामा शनिबार वीरगञ्जमा सञ्चालित बृती परामर्श रोजगार मेलाको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले प्रदेश नम्बर २ लाई कृषि, उद्योग र पर्यटन मार्फत समृद्धिको दिशामा अगाडी बढाईने बताउनुभयो ।

मुख्यमन्त्री राउतले रोजगार मेलाको आयोजनाले रोजगारीका अवसरहरुको जानकारीसँगै रोजगारयोग्य जनशक्ति उत्पादनमा बल पुग्ने बताउनुभयो ।

कार्यक्रममा सांसद प्रदिप यादवले सीपविना युवाहरु विदेशिँदा राम्रो काम नपाउने भएकाले सीप सिकाएुर स्वदेशमै पनि रोजगारीको अवसर श्रृजना गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button