तपाईँ सुन्दै हुनुहुन्छः

‘ए’ डिभिजन लिग:थ्री स्टार र संकटा तथा पुलिस र ब्रिगेड ब्वाइज भिड्दै

काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (शुक्रबार) दुई खेल हुँदैछन्।

ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहान साढे ११ बजे सुरु हुने पहिलो खेलमा थ्री स्टार क्लब र संकटा क्लब आमनेसामने हुँदैछन्।

यी दुवै टिम आजको खेल जितेर ३ अंक बटुल्ने दाउमा छन्।

अंकतालिकामा थ्री स्टार १७ अंकसहित चौथो स्थानमा रहँदा संकटा १५ अंकसहित पाँचौं स्थानमा छ।

एन्फा कम्पलेक्सकै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबसँग प्रतिस्पर्धा गर्दैछन्। *-

नेपाल पुलिस ९ अंकसहित आठौं स्थानमा रहँदा एघारौं स्थानको ब्रिगेड ब्वाइजले ८ अंक बटुलेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button