नेपाली काँग्रेसका सांसदहरुको अवरोधका कारण प्रतिनिधीसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधीसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण स्थगित भएको छ ।
बैठक सुरु हुनासाथ सभमामुखसँग समय लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँंगेसका सांसद पुष्पा भुषाल गौतमले ललिता निवास जग्गा प्रकरणमा नेपाली काँग्रेसका उप सभापति एवं सांसद बिजयकुमार गच्छदारलाई अख्तियारँंग मिलेर सरकारले फसाउने षडयन्त्र गरेको भन्दै बिरोध जनाएपछि नेपाली काँंग्रेसका सांसदहरु उठेर बैठक बहिस्कार गर्दा आजको बैठक स्थगित भएको हो ।
नेपाली काँग्रेसका सांसदहरुको अवरोध भईरहँदा सभामुख अग्नि प्रसाद सापकोटाले पटक पटक बैठक सुचारु गर्न आग्रह गर्दा पनि नेपाली काँग्रेसका सांसदहरुले उठेर बिरोध जनाईरहेपछि सभामुखले अवरोधको यस्तो अवस्थामा बैठक चल्न नसक्ने भन्दै भोली सम्मका लागि बैठक स्थगित गरिएको घोषणा गर्नुभयो ।
थुप्रै बिधेयकहरु अगाडी बढाउनुछ, बैठक अगाडी बढाउन सहयोग गर्नुस, तपाईहरुले राखेका कुरा सम्बद्ध पक्षसम्म पुगेको छ सभामुखले आग्रह गरिरहँदा पनि प्रमुख प्रतिपक्षी दलका सांसदहरुले बैठक अवरुद्ध गरिरहनुभएको थियो ।
प्रतिनिधी सभाको अर्को बैठक माघ २४ गते शुक्रबार दिनको १ः०० बजे बस्नेछ ।








प्रतिक्रिया राख्नुहोस्