तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको कालिका र इच्छकामनाबाट १४ जुवाडे पक्राउ

चितवन – चितवनको दुई स्थानबाट प्रहरीले १४ जना जुवाडे पक्राउ गरेको छ । साथै उनीहरुको साथबाट नगद १ लाख भन्दा वढि रकम बरामद समेत भएको छ । इच्छाकामना गाउँपालिकामा रहेको स्याङ्दी होमस्टेबाट ५ जना र कालिका नगरपालिकाको खोलेसिमलको बाँसघारी कटेजबाट ९ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीले वताए ।

कार्यालयका प्रहरी निरीक्षक शेखर शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट नगद १ लाख १० हजार रुपैया समेत बरामद गरेको कार्कीले वताए । पक्राउ परेकाहरुलाई वा ऐन अन्र्तगत मुद्या चलाईने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button