तपाईँ सुन्दै हुनुहुन्छः

लागूऔषध सहित २ जना पक्राउ

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले लागू औषध ब्राउनसगुर सहित शुक्रवार २ जनालाइ पक्राउ गरेको छ ।
गुलरिया न.पा. वडा न. ११ महम्मदपुर गाउँ बस्ने २४ बर्षिय शंकर प्रसाद थारुको साथबाट लागु औषध ब्राउनसुगर ८ ग्राम २०० मिलिग्राम र भारत उत्तर प्रदेश बहराईच जिल्ला थाना मोतिपुर मटेही ग्राम बस्ने २५ बषर््िाय आफाक हलवाईको साथबाट लागु औषध ब्राउनसगुर ३५० मिलि ग्राम ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक योगेन्द्र कुमार खड्काले बताउनु भयो ।

दुबै जनालाई कारबाहीका लागि लागूऔषध ऐनअनुसार मुद्दा दायर गरी थप अनुसंधान भैरहेको खड्काले बताउनु भयो ।
खुला सिमानाका कारण सजिलै लागु औषध ओसार पसार गर्नेहरुलाइ प्रहरीले बेला बेलामा पक्राउ गरी कारवाही गर्ने गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button