इराकको नयाँ प्रधानमन्त्रीमा अन्लावी नियुक्त

काठमाडौं। इराकका राष्ट्रपति बरहाम सालेहले इराकको नयाँ प्रधानमन्त्रीको रुपमा मोहम्मद अन्लावीलाई नियुक्त गर्नु भएको छ ।
इराकी राष्ट्रपति सालेहले त्यहाँको संसदमा शनिबारसम्म नयाँ प्रधानमन्त्री चुन्ने समय दिए पनि संसदले कसैलाई पनि चुन्न नसक्दा आफैले इराकका पूर्व मन्त्री अन्लावीलाई प्रधानमन्त्रीको रुपमा नियुक्त गर्नु भएको हो ।
प्रधानमन्त्री नियुक्त भएसंगै इराकका सरकार बिरोधी प्रदर्शनकारीहरु अन्लावीलाई पनि त्यहाँको सत्ता समर्थक भन्दै विरोधमा उत्रिएका छन् ।







प्रतिक्रिया राख्नुहोस्