तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यका नगरपालिका फोरमले अन्तराष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने

काठमाडौँ – उपत्यका नगरपालिका फोरमले व्यवस्थित शहरीकरण र पर्यावरणको संरक्षणका लागि सहयोग आदान–प्रदान गर्ने उद्देश्यका साथ अन्तराष्ट्रिय मेयर सम्मेलनको आयोजना गर्ने भएको छ ।

फोरमले आज काठमाडौमा पत्रकार सम्मेलन गरी आगमी असोज २१ गते देखी २४ गते सम्म काठमाडौमा सम्मेलन गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौ उपत्यका भित्रका नगरपालिकाहरू संग भगिनी सम्वन्ध भएका नगरपालिकाहरू, सार्क र दक्षिणपूर्वी एशियाली राष्ट्रका राजधानी तथा प्रमुख शहरका मेयरहरू, युनेस्को र विश्व सम्पदा शहरहरूको संगठनमा आवद्ध सहरका प्रमुख, नीति निर्माता तथा योजनाविद्हरूको सहभागिता रहने फोरमका अध्यक्ष एवं काठमाडौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

सम्मेलनका सूचना एवं नेपालबारे विभिन्न जानकारी दिन फोरमले आधिकारिक वेबसाईट समेत सञ्चालन गरेको छ ।

पत्रकार सम्मेलनकै क्रममा सुभारम्भ गरिएको वेबसाईटमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विभिन्न सात वटा अन्तराष्ट्रिय भाषामा नेपालका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरूको चिनारी समेत समावेश गरिने काठमाडौ महानगरपालिकाका प्रमुख शाक्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button