क्रिस गेलले ईपीएल क्रिकेट खेल्ने
काठमाडौं । वेष्ट इण्डिजका स्टार क्रिकेटर क्रिस गेलले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
विस्फोटक ब्याट्सम्यान गेलले पोखरा राइनोजबाट ईपीएल खेल्ने भएका हुन् । पोखराले बिहिबार पत्रकार सम्मेलन गर्दै गेललाई आइकनिक खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।
ईपीएल चैत १ गतेदेखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । गेल ईपीएलका लागि मार्च १२ मा नेपाल आउने छन् ।








प्रतिक्रिया राख्नुहोस्