पाटन दरबार क्षेत्रमा रहेको चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न

ललितपुर । पाटन दरबार क्षेत्रस्थित चार नारायण मन्दिरको जीर्णोद्धार सम्पन्न भएको छ ।
पाटन दरबार क्षेत्रमा आज आयोजित कार्यक्रममा अमेरिकी राजदुत ¥यान्डी डब्लु. बेरीले सोह्रौँ शताब्दीमा निर्मित चार नारायण मन्दिर २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएकोमा जीर्णोद्वार सम्मपन्न भएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा सँस्कृति पर्यटन तथा नागरिक उडड्य मन्त्री योगेश भट्टराईले साँस्कृतिक सम्दाको संरक्षणमा अमेरिकाले पु¥याएको सहयोगप्रति धन्यवाद दिनुभयो ।
अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) कार्यक्रमअन्तर्गत पाटन दरबार क्षेत्रस्थित मल्लकालीन चार नारायण मन्दिरलाई भूकम्पका दृष्टिले बलियो बनाउन र बृहत् रूपमा जीर्णोद्धार गर्नका लागि १ लाख अमेरिकी डलर उपलब्ध गराएको थियो ।








प्रतिक्रिया राख्नुहोस्