तपाईँ सुन्दै हुनुहुन्छः

हिंसा निगरानी समूहलाई क्षमता अभिवृद्धि तालीम

कैलाली-हिंसा न्यूनीकरण गरी मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले गौरीगङ्गा नगरपालिकास्तरीय सञ्जाल हिंसा निगरानी समूहका लागि ‘क्षमता अभिवृद्धि’ तालीम सोमबार धनगढीमा सम्पन्न भएको छ ।

एफएमडिसी तथा विकास र परिवर्तनका लागि सञ्चारद्वारा आयोजित उक्त तालीममा तालीममा मानवअधिकारकर्मी तथा अधिवक्ता चेतराज भट्टले मानवअधिकार, राज्यको कार्यान्वयनको अवस्था, संविधान प्रदत्त मौलिक हक, पीडितका कानूनी अधिकार, विवाद र विवाद समाधानका रणनीति, नेतृत्व विकास, पैरवी वकालत, महिला हिंसालगायतबारे प्रशिक्षण दिनुभएको थियो ।

सो अवसरमा एफएमडिसीका कार्यकारी निर्देशक उमिद बागचन्दले गौरीगङ्गा नगरपालिकामा हिंसा न्यूनीकरण गर्न र मानवअधिकारको संरक्षण गर्न तालीम दिइएको जानकारी दिनुभयो । गौरीगङ्गालाई एक वर्षभित्र मानवअधिकारमैत्री नगरपालिका बनाउने उद्देश्यले हिंसा निगरानी समूहलाई तालीम दिइएको उहाँको भनाइ छ ।

विगतमा आफ्नो हक अधिकारबारे थाहा नभएको र तालीमपछि यी विषयबारे जानकारी पाएको तालीममा सहभागीहरुको धारणा थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button