बदलीसँगै वर्षाको सम्भावना
काठमाडौँ । भारतको उत्तरपूर्वी भू–भागमा विकसित भएको मौसमी प्रणालीका कारण नेपालका पूर्वी, मध्य र पश्चिमका केही भेगमा मौसम बदली भएको छ ।
मौसम प्रणालीले अहिले देशका पूर्व र मध्यका सबै भूभाग तथा पश्चिमको बाग्लुङ र पर्वत पूर्व बाहेकका पहाडी जिल्लामा आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बदलीसँगै देशका मध्य र पूर्वका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताउनुभयो ।
सोमबारदेखि मौसममा क्रमिक सुधार आए पनि साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने उहाँले उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्