तपाईँ सुन्दै हुनुहुन्छः

ढुक्क भएर लगानी गर्नुहोस् : अध्यक्ष तिमिल्सिना

पर्वत-राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा लगानीको राम्रो वातावरण रहेको हुँदा ढुक्क भइ लगानी गर्न आग्रह गर्नुभएको छ । पर्वत उद्योग वाणिज्य सङ्घको आयोजनामा बिहीबारबाट शुरु भएको छैटौँ पर्वत महोत्सवको उद्घाटन गर्दै उहाँले आर्थिक समृद्धिका हासिल गर्न लगानी बढाउनुपर्छ भन्नुभयो ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य सङ्घ अध्यक्ष केदारनाथ शर्मा महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै करिब रु डेढ करोड सङ्कलन हुने लक्ष्य रहेको जानकारी दिनुभयो । महोत्सवमा झन्डै २०० प्रदर्शनी कक्ष रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button