तपाईँ सुन्दै हुनुहुन्छः

एभिए भलिबलः पुरुषतर्फको सेमिफाइनल समीकरण पुरा

काठमाडौं । एभिए महिला तथा पुरुष राष्ट्रिय क्लव भलिबल प्रतियोगिताको पुरुष तर्फको सेमिफाइनल समीकरण पुरा भएको छ । जसमा साविक विजेता आर्मीसँग एपीएफ, नेपाल पुलिस र हेल्प नेपालले समिफाइनलमा स्थान बनाए ।

जसमा आर्मीले एपीएफसँग खेल्नेछ भने पुलिसले हेल्प नेपालसँग प्रतिस्पर्धा गर्नेछ ।

बुधबार भएको खेलमा आर्मीले मणिमुकुन्द भलिबल क्लवलाई तीन शुन्यको सोझो सेटमा हरायो । आर्मीले मणिमुकुन्द क्लवलाई २५–१९, २५–१८ र २५–१७ को सेटमा हरायो ।

यस्तै नेपाल पुलिस क्लवले नयाँबजार क्लवलाई तीन शुन्यकै सेटमा हरायो । जसमा पुलिसले नयाँबजारलाई २५–११, २५–१० र २५–१२ को सेटमा हरायो ।

तेस्रो क्वाटरफाइनलमा एपीएफले बुद्धटोल युवा भलिबल क्लवलाई तीन शुन्यको सेटमा पाखा लगायो । जसमा उसले बुद्ध टोलमाथि २५–१८, २५–१७ र २५–११ को सेटमा हरायो ।

अन्तिम क्वाटरफाइनलमा हेल्प नेपालले बुलबुले रारा क्लबलाई २५–१६, २५–२० र २५–१९ को सेटमा पराजित गर्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button