तपाईँ सुन्दै हुनुहुन्छः

मौसम पूर्वानुमान : मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभावले आज मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भोलि दिउँसो देशका अधिकांश भू(भागमा सामान्य देखि पूर्ण बदली रही पश्चिमी र मध्य भेगका एक दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च पहाडी भेगमा हिमपातको सम्भावना रहेको उल्लेख छ ।

तराइमा लागेको हुस्सु कुहिरोको अवस्थामा पश्चिम तराइमा अपरान्हपछि र पूर्वी तथा मध्य तराइमा साँझ सम्म हट्ने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button