तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । आज (मंगलबार) सुनचाँदीको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार सोमबार प्रतितोला ७४ हजार ८ सयमा रुपियाँमा कारोबार भैरहेको छापावाल सुन मूल्य मंगलबार प्रतितोला ८ सय घट्दै ७४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि घटेको छ । सोमबार ७४ हजार ५ सयमा कारोबार हुँदा मंगलबार ८ सयले घटेर ७३ हजार ७ सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घट्दै ८ सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button