तपाईँ सुन्दै हुनुहुन्छः

एघार छाउगोठ भत्काइयो

कञ्चनपुर-शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्नुहुँदै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक मुकुन्द मरासैनी, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक वीरबहादुर साहुले अभियानलाई निरन्तता दिइने जानकारी दिनुभयो । अभियानमा कालिका युवा क्लबमा आबद्ध युवाको अभियानमा सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button