अमेरिकी सेनाले प्रयोग गर्ने इराककी सैन्य हवाई अड्डामा रकेट प्रहार

एजेन्सी- अमेरिकी सेनाले प्रयोग गर्दै आएको एक इराकी सैन्य हवाई अड्डामा रकेट प्रहार भएको बताइएको छ । उक्त रकेट आक्रमणमा अमेरिकी सेनालाई भएको जनधनको क्षतीको विवरण आउन बाँकी छ भने हाल सम्म ४ इराकी सेना घाइते भएको बताइएको छ ।
राजधानी बग्दादको उत्तरमा रहेको उक्त अल–बलाद सैन्य हवाई अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको बताइएको छ । रकेट आक्रमणको जिम्मा हाल सम्म कुनै समूहले नलिए पनि इरानले केही दिन अगाडी इराक स्थित दुई अमेरिकी सैन्य हवाई अड्डामा सोही प्रकारको रकेट हमला गरेको थियो ।
यसैबीच, इरानले ईरानी क्षेप्यास्त्र प्रहारबाट युक्रेनी बिमान खसेको स्विकारे पछी राजधानी तेहेरानमा सुरु भएको प्रदर्शन जारी छ । प्रदर्शनकारीले इरानको उक्त कदम प्रति आक्रोश ब्यक्त गर्दैै त्यहाँका शैन्य प्रमुखको राजीनामा माग गर्दै आएका छन् ।







प्रतिक्रिया राख्नुहोस्