तपाईँ सुन्दै हुनुहुन्छः

अखाद्य ७० टिन घ्यु बरामद

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ठूलो मात्रामा अखाद्य घ्यु बरामद गरेको छ ।

गुलरिया नगरपालिका वडा नं.५ फुलवारी टोल स्थित हरिराम बैश्यको घरबाट प्रहरीले ७० टिन घ्यु नियन्त्रणमा लिएको हो ।
बैश्यको घरमा अखाद्य बस्तु मिसावट गरिएको घ्यु राखिएको छ भन्ने बिशेष सुचनाको आधारमा उक्त घ्यु फेला परेको र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज बाँकेमा पठाईएकामा परीक्षण पश्चात घ्युमा अखाद्य बस्तु मिसाएकोे प्रमाणित भइ सकेको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनु भयो ।

हरिराम बैश्य हालसम्म फरार रहेकोले खोजि कार्य जारी रहेको र आवश्यक अनुसन्धान कार्य भई रहेको बास्तोलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button