बर्दिवासमा लुटपाट
बर्दिवास । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर ४ मा आज बिहान लुटपाट भएको छ । अज्ञात व्यक्तीको समुहले बर्दिवास नगरपालिका ४ माईस्थान स्थित गंगादेवी महत्तोको घरमा लुटपाट भएको हो ।
महत्तोको घरबाट नगद एकलाख दश हजार लुटपाट गर्नुका साथै लुटपाटमा संलग्नहरुको कुटपिटबाट दुई जना घाईते भएका छन् । लुटपाटमा संलग्नहरुको कुटपिटबाट गंगादेवी महत्तो र बुधन महत्तो घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले जानकारी दिनुभयो । घाईतेहरुको टाउकोमा गम्भिर चोट लागेको छ । प्रहरीले घटनामा संलग्न भएको भन्दै एकजनालाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
त्यस्तै शुक्रबार दिउँसो महोत्तरीको भंगाह नगरपालिका ६ मनपट्टीमा समेत अज्ञात व्यक्तीले हतियार देखाएर लुटपाट गरेको छ । बर्दिवास स्थित फर्वाड माईक्रो फाईनन्समा कार्यरत एक कर्मचारीको आफू सवार स्कुटर र नगद पाँच लाख रुपैया सहित लुटपाट भएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
फाईनन्समा कार्यरत सबिता कुमारी चौधरी नगद पाँच लाख र स्कुटर सहित लुटिएकी ईलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी राजन चापागाईले बताउनुभयो । को २८ प ६९ नम्वरको स्कुटरमा सवार चौधरीले फाईनन्सको रकम संकलन गरी बर्दिवास तर्फ आउदै गर्दा अज्ञात व्यक्तीले पेस्तोल देखाई लुटपाट गरेको हो । घटनावारे जानकारी पाए लगतै प्रहरीले थप अनुसन्धान भइरहेकोे डिएसपी चापागाईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्