तपाईँ सुन्दै हुनुहुन्छः

बिद्यालय भवन प्रयोग नभई भत्कियो

सल्यान । सल्यानको एक बिद्यालय प्रयोग नभई भत्कन शुरु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका ७ लेखसग्रहीमा रहेको कृष्ण माध्यमिक बिद्यालयको भवन प्रयोग नभई भत्कन शुरु भएको हो ।

साबिकको घाँजरीपिपल गाविसको बजेटबाट आर्थिक बर्ष २०६३/०६४ भवन निर्माण गरिएको थियो ।  नौ लाख २५ हजारको लागतमा निमार्ण भएको छ कोठे बिद्यालय भवन स्थानान्तरण विवादका कारण प्रयोग नभएपछि भत्किएको छ ।

साविक घाँजरीपिपल गाविस वडा ७ बाट घाँजरीपिपलको वडा ५ मैदुपोखरीमा कृष्ण माध्यामिक बिद्यालय सार्ने निर्णय अनुसार ६ कोठे भवन निमार्ण गरिएको थियो ।

भवनको लागि जग्गादान गरेका समाजसेवी रामबहादुर बुढाका अनुसार बिद्यालय मैदुपोखरीमा सार्ने भनेर सर्वपक्षिय र सर्वदलिय सहमती भए अनुसार आफुले निःशुल्क जग्गा दान गरेको बताउनुभयो ।

अहिले नगर तथा वडाबाट बजेट बिनियोजन नगर्दा समस्या भएको स्थानीय जितबहादुर खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button