पुर्व –पश्चिम राजमार्ग सरसफाई
बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जले राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पश्चिम राजमार्ग सरसफाई गरेको छ । बर्दिया राष्ट्रिय निकुञ्जभित्र पर्ने पुर्व–पश्चिम राजमार्गको अम्रेनी–कर्णाली चिसापानी खण्ड र रम्मापुर सैनावार खण्डको करिब ३१ कि.मी. सडक खण्डमा सरसफाइ गरिएको हो ।
निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना, निकुञ्ज कर्मचारी, चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान बर्दियाका युवा, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमका कर्मचारी, मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका प्रतिनिधि, प्रकृति पथ प्रदर्शक संघ र पर्यापर्यटन बिकास मञ्चका सदस्यहरु गरी करिब ५०० भन्दा बढी व्यक्तिहरुको सहभागितामा सडक सरसफाई कार्यक्रम सम्पन्न भएको सहायक संरक्षण अधिकृत असिम थापाले बताउनुभयो ।
निकुञ्जबाट करिब ५० ट्रली फोहोर संकलन भएको र बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्ने पुर्व पिश्चम राजमार्गमा यात्रा गर्नुहुने सम्पुर्णलाई फोहोर नफाली बन्यजन्तुको बासस्थान स्वच्छ राख्न सहयोग गरिदिनुहुन समेत थापाले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्