‘नयाँ मूलुकी संहिताको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले कानूनी शासनको स्थापनाका लागि नयाँ मूलुकी संहिताको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ ।
महान्यायाधिवक्ताको कार्यालयको ६९ औं स्थापना दिवसका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा प्रधानन्यायाधिश जवराले नयाँ मुलुकी संहिताको कार्यान्वयनका लागि अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलको महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
उहाँले संहिताले व्यवस्था गरेका कतिपय विषय र प्रावधानहरू नयाँ अभ्यास भएपनि सम्वद्ध निकायहरूले आ–आफ्नो जिम्मेवारी र दायित्व पुरा गरेमा सहज रूपमा कार्यान्वयन हुने बताउनुभयो ।
कार्यक्रममा प्रत्यायोजित तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले नयाँ मुलुकी संहितामा अनुसन्धान पुरा भएपछि अभियुक्तलाई पक्राउ गर्न पाउने व्यवस्था भएकोले त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
महान्यायाधिवक्ता अग्नीप्रसाद खरेलले नयाँ मुलुकी संहिताको प्रभावकारी कार्यान्वलयनका लागि महान्यायाधिवक्ताको कार्यालय विशेष योजनाका साथ लागिरहेको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्