अमेरिकाको न्यूजर्सीमा बन्दुकधारी समूहको आक्रमण : ६ जनाको मृत्यु
न्यूजसी । अमेरिकाको न्यूजर्सी सहरमा भएको बन्दुकधारी समुहको आक्रमण परी ६ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा एक प्रहरी , तीन सर्वसाधारण र दुई अभियुक्त रहेको बताइएको छ । दुई बन्दुकधारीले एक पसलको आड लिएर आक्रमण गरेका थिए ।
सहरका दुई स्थानमा भएको उक्त आक्रमणमा दुई प्रहरी समेत घाइते छन् । घटनापछि त्यहाँका सबै स्कुल र पसलहरु बन्द गरिएको थियो ।
आक्रमणको कारण पत्ता नलागेको तर आक्रमणमा कुनै इस्लामिक अतिवादी समुहको हात भने नरहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्